Home बीमा एभरेष्ट इन्स्योरेन्सद्वारा ६ महीनामा ५० करोडभन्दा बढी बीमाशुल्क आर्जन

एभरेष्ट इन्स्योरेन्सद्वारा ६ महीनामा ५० करोडभन्दा बढी बीमाशुल्क आर्जन

by अर्थन्यूज

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ५० करोड ३७ लाख ९६ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीले करिब ४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४८ करोड ६२ लाख ४३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । 

यस वर्ष कुल दाबी भुक्तानी भने गत वर्षभन्दा करीब १८ प्रतिशत कम भएको छ । गत वर्ष रू. १ अर्ब १४ करोड ६६ लाख ५६ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ९४ करोड ४८ लाख २० हजार यो भुक्तानी गरेको हो । यो ६ महीनामा कम्पनीले ५५ हजार ६०२ बीमालेख जारी गरेको छ । गत वर्ष यो अवधिसम्म ५१ हजार ५५८ बीमालेख जारी गरेको थियो । गत वर्ष उक्त अवधिमा ५२ बीमालेख नविकरण भएकोमा यो वर्ष ८ हजार ५३७ बीमालेख नबिकरण भएको छ । 

कम्पनीले यो वर्षको ६ महीनामा रू. ७ करोड ४२ लाख ७५ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ५ करोड ६९ लाख ४० हजार यो नाफा गरेको थियो ।  गत वर्षभन्दा यो वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ४४ प्रतिशत बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजार छ । 
कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ८३ दशमलव ७६ प्रतिशत बढी रू. ३१ करोड १७ लाख १२ हजार कायम भएको छ ।

बीमाकोष रकम पनि गत वर्षभन्दा ४२ प्रतिशत बढेर रू. ३६ करोड ३८ लाख ८२ हजार पुगेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ६५ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More