Home कर्पोरेट ६ महीनामा माउन्टेन इनर्जी नेपालको नाफा ५ करोड १४ लाख

६ महीनामा माउन्टेन इनर्जी नेपालको नाफा ५ करोड १४ लाख

by अर्थन्यूज

काठमाडौं –  चालू आवको ६ महीना (दोस्रो त्रैमास) मा माउन्टेन इनर्जी नेपालले रू. ५ करोड १४ लाख नाफा कमाएको छ । 

यो नाफा गत आवको सोही अवधिको तुनलामा १ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ४ लाख नाफा कमाएको थियो । 

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा विद्युत विक्रीबापतको आम्दानी रू. ८ करोड २१ लाख गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड ३७ लाख थियो । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा रू. ३४ करोड २३ लाख सञ्चित गरेको छ । प्रतिशेयर आम्दानी रू. २ दशमलव ८५, मूल्य आम्दानी अनुपात १३४ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ०४ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More