Home बजार आज मंगलबार २९.०१ अंकले घट्यो नेप्से

आज मंगलबार २९.०१ अंकले घट्यो नेप्से

by अर्थन्यूज

काठमाडौँ – आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.०१ अंकले घटेर २५३२.४६ मा पुगेकाे छ । नेप्से १.१३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८९  अंकले घटेर ४६१.७० मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ । 

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । संस्थाकाे २८ कराेड २३ लाख ८५ हजार ५ सय ४१ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More