Home आईपीओ रू रू विद्युत् परियोजनाले स्थानीयका लागि आगामी फागुन ७ गते आईपीओ निष्कासन गर्ने

रू रू विद्युत् परियोजनाले स्थानीयका लागि आगामी फागुन ७ गते आईपीओ निष्कासन गर्ने

by अर्थन्यूज

काठमाडौं – रू रू जलविद्युत् परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले रु १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि उक्त आईपिओ निष्कासन गर्न लागेको हो । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ । 

प्रदेश ५ को गुल्मी जिल्लाको  चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत् आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि.सं. २०७० चैत ९ गते पाएको हो । यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत् व्यवसायिक उत्पादन शुरु गरेको हो । यो अयोजनाको प्रतिमेगावाट लागत रु. १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ । 

त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ । 

शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More