Home बीमा ६ महीनामा अजोड इन्स्योरेन्स कम्पनीले ७५ % ले बढायो नाफा

६ महीनामा अजोड इन्स्योरेन्स कम्पनीले ७५ % ले बढायो नाफा

by अर्थन्यूज

काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ३१ लाख ८२ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ६ लाख ८३ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ६४ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्ेको हो । 

 चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ६ करोड ६३ लाख सञ्चित गरेको छ ।  कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६८ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ ।

यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ६७ प्रतिशतले वृद्धि हो ।कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४० करोड ६५ लाख बीमाशुल्क आर्जन गरेको छ । 

उक्त अवधिसम्ममा कम्पनीले जारी बीमालेखको संख्या ७१ हजार ३०७ र नविकरण गरिएको बीमालेखको संख्या ६ हजार ६५ पुगेको छ । 
कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १३, मूल्य आम्दानी अनुपात ८२ दशमलव ९० र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ६४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More