काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २० करोड १२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १५ करोड १९ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकासँगै नाफा बढेको हो । सोही अवधिमा कम्पनीले रू.२ अर्ब ३२ करोड २० लाख बीमाशुल्क आर्जन गरेको छ । यो बीमाुशल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ७७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ३० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । चुक्तापूँजी रू. २ अर्ब १५ करोड ५१ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ७२ करोड सञ्चित गरेको छ ।
त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले .जीवन बीमाकोषमा रू. ९ अर्ब २८ करोड जम्मा भएको छ । कम्पनीको कुल कायम भएको बीमालेख संख्या ३ लाख २६ हजार ४९६ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू १८ दशमलव ६८, मूल्य आम्दानी अनुपात ३९ दशमलव ९४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव २५ रहेको छ ।