Home साधारण सभा लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १८औं वार्षिक साधारणसभा फागुन २५ गते

लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १८औं वार्षिक साधारणसभा फागुन २५ गते

by अर्थन्यूज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार हुने भएको छ । कम्पनीले एनआईसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो । कोभिड–१९ महामारी जोखिमका कारण साधारणसभा भिडियो कन्फ्रेन्समार्फत शेयरधनीहरुलाई सहभागी गराईने कम्पनीले जनाएको छ । 

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्तापूँजीको ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि २५ गतेसम्म शेयरधनी  दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन ५ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More