काठमाडौं – डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
Facebook Comments