Home विश्व बेलायतमा गूगलले शुरु गर्‍यो समाचार प्रयोगबापत भुक्तानी

बेलायतमा गूगलले शुरु गर्‍यो समाचार प्रयोगबापत भुक्तानी

by रासस

लन्डन (बेलायत) – अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलले बेलायतमा समाचार प्रयोगबापत संचार गृहहरुलाई भुक्तानी दिने भएको छ । 
कम्पनीले बुधवार बेलायतमा न्यूज शोकेस प्रडक्ट लन्च गरेको छ । 

यसको अर्थ बेलायतमा पहिलो पटक कम्पनीले न्यूज शोकेस प्रडक्टमा प्रयोग भएका न्यूज कन्टेन्टको भुक्तानी दिनेछ  । कम्पनीले फाइनान्सियल टाइम्स र रोयटर्सलगायत १२० ओटा बेलायती प्रकाशकसँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । गूगल न्यूज शोकेसमा प्रयोग गर्न समाचार तयार पारिदिएबापत कम्पनीले प्रकाशकहरुलाई लाइसेन्सिङ शूल्क दिनेछ ।

यो फिचर गूगल न्यूज मोबाइल एप र गूगल डिस्कभरमा रहनेछ । विश्वभर गूगलले गूगल न्यूज शोकेसका लागि समाचार सामाग्री उत्पादन गर्न ४५० जना समाचार प्रकाशकहरुसँग सम्झौता गरेको छ ।

यो फिचर कम्पनीले अष्ट्रेलिया, जर्मनी, ब्राजिल, क्यानडा, फ्रान्स, जापान र अर्जेनिटनामा पनि शुरु गरेको छ । अन्य कयौं देशहरुमा भने कम्पनीले यसबारे छलफल गरिरहेको छ । आफ्ना सामाग्रीहरु प्रयोग बापत भुक्तानी गर्न फेसबुक र गूगलजस्ता ठूला प्रविधि कम्पनीहरुमाथि दबाब बढिरहेको छ । 

समाचार प्रकाशकहरुलाई आगामी तीन वर्षभित्र १ अर्ब डलर तिर्ने गूगलले अक्टोबरमा बताएको थियो । एजेन्सी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More