Home बीमा ६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि

६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि

by अर्थन्यूज

काठमाडौं –  सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको छ महीनामा रू. १३ करोड ६९ लाख नाफा कमाएको छ । 

यो नाफा गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड १६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४३ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १६ करोड ८१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २४ करोड १७ लाख पुगेको हो । 

चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.३७ करोड ७२ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ९० करोड ८ लाख जम्मा भएको छ ।  

सोही अवधिमा कम्पनीको कुल बीमाशुल्क रू. १ अर्ब २६ करोड २० लाख आर्जन भएको छ । त्यसैगरी कम्पनीको जारी बीमालेखको संख्या १ लाख ४१५ ओटा पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More