Home फिचर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नेप्सेमा सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नेप्सेमा सूचीकृत

by अर्थन्यूज

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ ।

कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतवारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणा सम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो । आर्थिक वर्ष ०७६/ ७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ रहेको छ ।

चालू आर्थिक वर्षभित्र कम्पनीले रू. ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।
उक्त कम्पनीले सर्वसाधारणमा माघ १६ गते आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको छ । धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो । 

कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो ।

कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू. २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More