Home बैंकिङ कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

by अर्थन्यूज

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

उक्त समयभित्र कुनैपनि आवेदन नपरेमा उक्त सेयर बाहिरी बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More