Home बीमा नेशनल लाइफ इन्स्योरेन्सको नाफा २३ करोड ६५ लाखभन्दा बढी

नेशनल लाइफ इन्स्योरेन्सको नाफा २३ करोड ६५ लाखभन्दा बढी

by अर्थन्यूज

काठमाडौं – चालू आवको दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. २३ करोड ६५ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २३ करोड ५८ लाख नाफा कमाएको थियो ।  

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन रू. ५ अर्ब ५४ करोडभन्दा बढी रहेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ४० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ अर्ब ९३ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो ।  कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ९ लाख ३ हजार ९६० रहेको छ ।

चुक्तापूँजी रू. ३ अर्ब ८ करोड २६ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १ अर्ब २४ करोड ८६ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमाकोषमा रू. ३८ अर्ब १ करोड १३ लाख जम्मा भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ३४, मूल्य आम्दानी अनुपात ७६ दशमलव २५ र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ६८ पुगेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More