Home बीमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ८% ले वृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ८% ले वृद्धि

by अर्थन्यूज

काठमाडौं –  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको हो ।  

यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ६६ प्रतिशतले वृद्धि भएको होे । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५६ करोड ८० लाख बीमाशुल्क आर्जन गरेको थियो । 

त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ५६ लाख ६६ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ११ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा रू. २९ करोड ६३ लाख सञ्चित रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More