Home बीमा दोस्रो त्रैमासमा गत वर्षभन्दा ५६ % घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

दोस्रो त्रैमासमा गत वर्षभन्दा ५६ % घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

by अर्थन्यूज

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीको खुद नाफा गत वर्षभन्दा ५६ प्रतिशत कम भएको छ ।

गत वर्ष रू. ३१ करोड ४४ लाख ७३ हजार खुद नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १३ करोड ७४ लाख १ हजार मात्र यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष ४० प्रतिशत कम आम्दानी भएकाले पनि कम्पनीको खुद नाफामा असर पुगेको हो । 

गत वर्ष रू. ४४ करोड १८ लाख ७२ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २६ करोड ५२ लाख २३ हजार मात्र आम्दानी गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्म रू. ८५ करोड ८८ लाख ४४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले करिब ४३ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै यस वर्ष गत वर्षभन्दा ३३ प्रतिशत बढी रू. ५ करोड ५ लाख ७८ हजार कुल दाबी भुक्तानी कम्पनीले गरेको छ । गत वर्ष यो अवधिसम्म ७ हजार ६२६ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष २६ हजार ७४८ बीमालेख जारी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १४ दशमलव ६५ प्रतिशत बढी रू. ३ अर्ब ३ करोड ७० लाख ४७ हजार कायम भएको छ ।

बीमाकोष रकम पनि गत वर्षभन्दा २० प्रतिशत बढी रू. २ अर्ब ३१ करोड ८७ लाख १६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १०३ दशमलव ०६ र प्रतिशेयर नेटवर्थ रू. १ हजार २३९ दशमलव शून्य १ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More