Home बीमा दोस्रो त्रैमासमा युनियन लाइफ इन्स्योरेन्सको नाफा १७ प्रतिशत घट्यो

दोस्रो त्रैमासमा युनियन लाइफ इन्स्योरेन्सको नाफा १७ प्रतिशत घट्यो

by अर्थन्यूज

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७ प्रतिशतले कमी आएको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू.७ करोड ७३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ३५ लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।  

चुक्तापूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ७३ करोड १३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब ३२ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ अर्ब ४१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोषमा रू. ६ अर्ब ३ करोड १८ लाख जम्मा भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More