पेचिङ – झूटो र अनुचित सामग्री प्रसारण गरेको भन्दै चीनले बीबीसी वर्ल्ड न्यूजको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जानकारी दिएको छ ।
कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङको चीनले आलोचना गरेको छ ।
बीबीसीले चिनियाँ सरकारको निर्णयबाट निराश भएको प्रतिक्रिया दिएको छ । एजेन्सी
Facebook Comments