काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । एकै स्थानमा शाखा कार्यालय दोहोरिएको भन्दै बैंकले सैनामैनाका २ वटा शाखाहरुलाई एक आपसमा गाभ्ने निर्णय गरेको हो ।
बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ को मुर्गिया र सैनामैनाकै वडा नं. ५ बुद्धनगरमा रहेको शाखालाई गाभेर वडा नं. ५ बुद्धनगरको शाखा कार्यालयबाट सेवा दिनै बताएको छ । उक्त शाखाबाट फागुन ९ गतेदेखि एकीकृत कारोबार हुने जानकारी गराइएको छ ।
यसबाट ग्राहकलाई पर्न जाने असुविधा प्रति बैंकले क्षमायाचना गरेको छ ।
Facebook Comments