Home यातायात रौतहटमा रेल मार्ग निर्माण प्रभावित

रौतहटमा रेल मार्ग निर्माण प्रभावित

by अर्थन्यूज

रौतहट – मेची–महाकाली रेलमार्ग अन्तर्गत रौतहट खण्डमा काम प्रभावित भएको छ । मुआब्जा रकम नपाएको भन्दै चन्द्रपुर नगरपालिका–८ सन्तपुरका जग्गाधनीले रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित ४ नम्बर प्याकेज अन्तर्गतको काममा अवरोध गरेका छन् ।

उक्त खण्ड निर्माणको जिम्मा लामा गोल्डेन बिरुवा जेभीले पाएको छ । यस क्षेत्रमा जग्गाधनीले मुआब्जा नपाई निर्माण कम्पनीले धमाधम काम गर्दै आएको थियो । रेल विभागको नाममा जग्गा नामसारी भइसकेको भए पनि हालसम्म मुआब्जा नपाएको स्थानीय कृष्ण चौधरीले बताए । मालपोतबाट रेल विभागको नाममा एक महीनाअघि केही जग्गाधनीको जग्गा नामसारी भइसकेको उनको भनाइ छ ।

समयमा मुआब्जा नपाएको भन्दै कृषकले उक्त जमीनमा तीन महीनाअघि गहुँ, मकै, मसुरो लगायत बाली लगाएका थिए । तर विभागको नाममा नामसारी भइसकेको जमीनमा कृषकले लगाएको बाली भिœयाउन नपाउँदै धमाधम काम शुरू भएको छ । रेलमार्ग प्रभावित किसान तुरुन्त मुअब्जा पाउनुपर्ने मागसहित आन्दोलित भएका छन् ।

विभागका डिभिजनल इन्जिनियर देवेन्द्र साहले बजेट अभावका कारण मुआब्जा वितरणमा ढिलाइ भएको बताए । एक साताभित्र रकम निकासा हुने भन्दै उनले त्यसपछि भुक्तानी प्रक्रिया थालिने बताए । आयोजना प्रभावित ८० प्रतिशत स्थानीयको मुआब्जा वितरण भइरहेको उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More