Home बजार ३४० रूपैयाँमा खुल्यो निफ्राको पहिलो कारोबार, खरीद चाप उच्च

३४० रूपैयाँमा खुल्यो निफ्राको पहिलो कारोबार, खरीद चाप उच्च

by अर्थन्यूज

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पहिलो कारोबार रू. ३४० देखि खुला भएको छ । गत बिहीवार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको कम्पनीको आइतवारदेखि कारोबार खुला भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्य रेञ्जमै कम्पनीको शेयर कारोबार खुला भएको हो । 

पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । कारोबारको १५ मिनेटको अवधिसम्म कम्पनीको १२ लाख ४ हजार ८६० कित्ता शेयर खरीद माग रहेको छ । नियमति सेसनमा विक्री कर्ता नभएपनि प्रि ओपनिङ सेसनमा कम्पनीको रू. ३७४ प्रतिकित्ताका दरले २३ हजार ६२६ कित्ता शेयर कारोबार भएको छ । 

कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । कम्पनीको शेयर कारोबार विकास बैंक समूहमा एनआईएफआरए (NIFRA) स्टक संकेतबाट कम्पनीको शेयर कारोबार खुला भएको हो । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू. २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More