Home शिक्षा वीरगञ्जमा शेयर बजारसम्बन्धी आधारभूत तालीम आयोजना

वीरगञ्जमा शेयर बजारसम्बन्धी आधारभूत तालीम आयोजना

by अर्थन्यूज

वीरगञ्ज – नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले शेयर बजारसम्बन्धी तालीम आयोजना गरेको छ । एनवाईईएफले प्रभु क्यापिटल लिमिटेडसँगको सहकार्यमा शनिबार वीरगञ्जमा एक दिने आधारभूत तालीम सञ्चालन गरेको हो । 

तालीम उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताए ।

टेमानीले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गरे । 

लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यताबारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

संस्थाका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याए । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गरे । 

वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका आधारभूत पक्षका बारेमा तालीम दिएका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More