Home बजार आइतवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने बढ्यो

आइतवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने बढ्यो

by अर्थन्यूज

काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य भने बढेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३२० मा कारोबार भएको चाँदी आइतवार १ हजार ३३५ मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More