Home शेयर बजार दोस्रो घण्टामा ३५.२३ अंकले घट्यो नेप्से

दोस्रो घण्टामा ३५.२३ अंकले घट्यो नेप्से

by अर्थन्यूज

काठमाडौं – सोमवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३५ दशमलव २३ अंकले घटेर २ हजार ४९१ दशमलव ६९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ३९ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ३७४ कायम भएको छ ।  
 
दोस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको रू. ३ अर्ब ५४ करोड २० लाख ६८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६६९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३९७ मा रू. २४ करोड ४४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More