Home लगानि नारायणी विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

नारायणी विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

by अर्थन्यूज

काठमाडौं – माघ १३ गतेदेखि विक्री खुला भएको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

कम्पनीले शेयरधनीका लागि १ कित्ता शेयर बराबर १ एक कित्ता शेयर (१:१) को अनुपातमा प्रतिशेयर रू. १०० दरको रू. ६ करोड ५६ लाख १६ हजार ९०० बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २९ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २८ गतेसम्मका कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस २० गते अनुमति पाएको हो ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने जनाउँछ ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आवेदकले विक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More