Home बैंकिङलघुवित्त सेन्ट्रल फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने

सेन्ट्रल फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने

by अर्थन्यूज

काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले गत २३ गतेको वार्षिक साधाराणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । कम्पनीले फागुन ३ गते (आज)देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा ३ प्रतिशत नगद लाभांश जम्मा गरिदिने भएको हो । 

त्यस्तै साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयरलाई सूचिकरण भए पश्चात सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले छिटो आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराएमा उनीहरुको नगद लाभांश सोही खातामा क्रमशः जम्मा गर्ने बताइएको छ । 

माघ ११ गतेसम्म आफ्नो शेयर धितोमा राखी कर्जा सुविधा उपयोग गरेका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट धितो राखेको शेयरको संख्यासमेत खुल्ने गरी नो अब्जेक्सन लेटर अथवा उल्लेखित मितिपछि कर्जा चुक्ता गरेका शेयरधनीहरुले नगद लाभांश फुकुवा गरिदिने पत्र प्राप्त गरी एनएमबि क्यापिटलमा पेश गरेपश्चात् मात्र बैंक खातामा जम्मा गरिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More