काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज (सोमवार)अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि रू. १०० अंकित दरमा रू. १४ करोड ५० लाख बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो । कम्पनीको उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरु जनाउने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।