Home आईपीओ महिला लघुवित्तको आईपीओमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी

महिला लघुवित्तको आईपीओमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी

by अर्थन्यूज

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले मागभन्दा ३९ गुणा बढी आवेदन परिसकेकाले छिटो अवधि फागुन ४ गतेभित्र विक्री बन्द गर्ने भएको हो । 

कम्पनीको आईपीओमा आइतवार साझ ५ बजेसम्म ९ लाख ६३ हजार ८६८ जना आवेदकबाट १ करोड ४९ लाख ३५ हजार ९७० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा ३९ दशमलव ८२ गुणा बढी हो ।

कम्पनीले माघ ३० गते (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ डबल बी प्रदान गरेको छ । 

कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । 

सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More