काठमाडौं – सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६६ दशमलव ९२ अंकले बढेर २ हजार ५६० दशमलव ५१ विन्दुमा पुगेको छ ।
२ हजार ५१७ दशमलव ४६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ६८ प्रतिशतले बढेको हो ।
कारोबारको पहिलो घण्टामा आरएसडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त, सारथी लघुवित्त र समीट लघुवित्तको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १७ हजार ६२५ पटकको कारोबारमा ४१ लाख ११ हजार ७४७ कित्ता शेयरको रू. ३ अर्ब ९ करोड ९५ लाख बराबरको खरीदविक्री भएको छ ।
यस अवधिसम्म निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५९ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५४२ मा कारोबार भइरहेको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ४१ प्रतिशतले बढेको हो ।