काठमाडौं – किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ३ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४४ लाख ७६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ७२ लाख पुगेको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढेको हो ।
चुक्तापूँजी रू. ३९ करोड २८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १० करोड ८० लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको पूँजी कोष प्रयाप्पतता ९ दशमलव ४४ प्रतिशत, निष्क्रिय कर्जा ७ दशमलव ५० प्रतिशत र पूजी कोष लागत ६ दशमलव ४४ प्रतिशत पुगेको छ ।
त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४७, मूल्य आम्दानी अनुपात १२५ दशमलव २० र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ५२ रहेको हो ।
हालसम्ममा कम्पनीले १४३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साथै यस आवमा कम्पनीले एफपीओ जारी गरी चुक्तापूँजी रू. ५२ करोड पुर्याउने लक्ष्य रहेको बताएको छ ।