काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घट्ने लाग्ने क्रम जारी रहेको छ । स्थानिय बजारमा सोमवार सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३४० मा खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. ५ ले बढेको हो ।