Home बजार बुधवार एकैदिन १ हजार १०० ले घट्यो सुनको मूल्य

बुधवार एकैदिन १ हजार १०० ले घट्यो सुनको मूल्य

by अर्थन्यूज

काठमाडौं – नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. १ हजार १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. एक हजार ३६० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. २० ले घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More