Home शेयर बजार ४ लाख कित्तासम्म आवेदन दिन मिल्ने गरि केही दिनमै आउँदैछ आईपीओ – लगानी गर्ने अर्को अवसर

४ लाख कित्तासम्म आवेदन दिन मिल्ने गरि केही दिनमै आउँदैछ आईपीओ – लगानी गर्ने अर्को अवसर

by अर्थन्यूज

रुरु जलविद्युत परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार रुपैँया बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । फागुन ७ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

रुरुले प्रभावित जिल्ला गुल्मीका लागि ४ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म खुल्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्।

यसैगरी, सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More