पर्यटन विभागबाट वर्गीकरण गराएका होटलहरूले अबदेखि आफ्नो साइनबोर्डमा नेपालको निशान छाप राख्नुपर्ने भएको छ। विभागले रिसोर्ट, तारे तथा बुटिक होटलले राख्नुपर्ने संकेत चिह्न बारेमा निर्णय गर्दै यस्तो नियम ल्याएको हो।

यस्ता होटल तथा रिसोर्टहरूले पित्तलको साइबोर्ड राख्नुपर्ने छ। त्यस्तो बोर्डको सबभन्दा माथि निशान छाप, दोस्रो लहरमा तारा र तेस्रो लहरमा नाम राख्नुपर्ने छ। तारेसँगै डिलक्स, लक्जरी, हेरिटेज, बुटिक वर्गीकरण गराएकाहरूले त्यस्ता शब्द पनि राख्नुपर्ने छ।
पर्यटकस्तरीय होटलहरूले भने ताराको ठाउँमा गोलाकार रेखाभित्र ‘टिएस’ शब्द राख्नुपर्नेछ।
Facebook Comments