Home शेयर बजार कुमारी इक्विटी फण्डको सार्वजनिक निष्कासन फागुन १४ देखि

कुमारी इक्विटी फण्डको सार्वजनिक निष्कासन फागुन १४ देखि

by अर्थन्यूज

कुमारी इक्विटी फण्डको इकाइ फागुन १४ गतेदेखि निष्कासन हुने भएको छ । कुमारी क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

दशवर्षे बन्दमुखी प्रकृतिको यस योजनाको १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणा लागि विक्री हुने भएको छ । योजना न्यूनतम १०० देखि ८० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

फण्डको इकाइमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले बताएको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More