Home बैंकिङ ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा छुट

ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा छुट

by अर्थन्यूज

ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

Global IME Bank

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सात वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २ सय ७० शाखा, २ सय ४२ एटिएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब आठ सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More