Home कर्पोरेट कुमारी बैंक र आगन्तुक रिसोर्टबीच सहकार्य

कुमारी बैंक र आगन्तुक रिसोर्टबीच सहकार्य

by अर्थन्यूज

कुमारी बैंक लिमिटेड र आगन्तुक रिसोर्ट बीच आफ्ना ग्राहकलाई विशेष छुट दिने सहकार्य भएको छ । सो सहकार्य पश्चात् बैंकका ग्राहकले सोही रिसोर्टमा विभिन्न रेस्टुरेन्ट तथा आउटलेटमा खानपिनबापत १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी सोही रिसोर्टमा बैंकका खातावाल सेवाग्राहीले स्वास्थ्य क्लब सदस्यता, रुम शुल्क, स्विमिङ पुल उपयोगमा भने १० प्रतिशत छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत आगन्तुक रिसोर्टका विभिन्न सेवामा बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौतामा बैंककी बनेपा शाखा प्रबन्धक नविना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरिप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् । बैंकले देशव्यापी १ सय ९२ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे पनि विज्ञप्तिमा उल्लेख छ ।twitter sharing button

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More