Home समाज शनिबार घरमा कहिलै नल्याउनुहोस् यी पाँच कुरा, आउनेछन् गरिबी, संकट

शनिबार घरमा कहिलै नल्याउनुहोस् यी पाँच कुरा, आउनेछन् गरिबी, संकट

by अर्थन्यूज

हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् । शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्
आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ । तेल, तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ । जुत्ता, शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न, शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ । शनिदेवलाई प्रशन्न गर्नका लागि शनिबार गर्नुहोस् यी उपाय, पूरा हुनेछ मनोकामना नुन , घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ । फलाम, शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More