ग्लोवल आइएमइ बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना बापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ।
ग्लोवल आइएमई र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच यस्तो सम्झौता भएको हो। सम्झौताअनुसार चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ।
चितवनमा आयोजित एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको सुरु गरेका हुन्।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने बताए।
यो बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत रहेको छ।