Home बैंकिङ मुक्तिनाथ विकास बैंकको भर्चुअल सहायता सेवा ‘आस्क मुक्ति भाइ’ सुरु

मुक्तिनाथ विकास बैंकको भर्चुअल सहायता सेवा ‘आस्क मुक्ति भाइ’ सुरु

by अर्थन्यूज

मुक्तिनाथ विकास बैंकले ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ।डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि यो सेवा सुरु गरेको कम्पनीले बताएको छ।उक्त सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका सेवा, बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाबारेमा जानकारी पाउन सक्छन्।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्नेछन्। आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंककाे भनाइ छ।बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाइ’ किल्क गरेर त्यहाँ छनोट वा टाइप गरेर सेवा लिन सकिन्छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More