Home बैंकिङ घरजग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्यो

घरजग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्यो

by अर्थन्यूज

चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा घरजग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढेको छ । आवको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घरजग्गाको धितोमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ६४.९ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात १३.५ प्रतिशत रहेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशत, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा १३.६ प्रतिशतले, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशत, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More