काठमाडौं – एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुवै योजनाको प्रतिइकाई खुद मूल्य बढेको छ । एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको माघ मसान्तसम्म प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको हो ।
एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिइकाई खुद मूल्य पुस मसान्तमा रू. १३ दशमलव ७२ रहेकोमा माघ मसान्तमा वृद्धि भएर रू. १४ दशमलव ५७ पुगेको छ । त्यसैगरी, एनएमबि फिफ्टीको प्रतिइकाई खुद मूल्य पुस मसान्तमा रू. १४ दशमलव ६५ रहेकोमा माघ मसान्तमा वृद्धि भएर रू. १६ दशमलव ०२ पुगेको छ ।
यी दुवै योजनाले माघ महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको देखिन्छ । दुवै योजनाको नाफामा पनि वृद्धि भएको छ ।
एनएमबि हाईब्रिड फण्ड एल–१ ले पुस मसान्तसम्म रु. ७ करोड १ लाख पूँजीगत आम्दानी गरेको छ भने माघ मसान्तसम्ममा उक्त आम्दानी रु. ९ करोड ६१ लाख पुगेको छ । माघ मसान्तसम्म कम्पनीको जम्मा आम्दानी रु. ४० करोड २२ लाख रहेको छ ।
त्यसैगरी, एनएमबि फिफ्टी ले पुस मसान्तसम्म रू. ११ करोड ५० लाखभन्दा बढी पूँजीगत आम्दानी गरेको थियो भने माघमसान्तसम्म पूँजीगत आम्दानी १८ करोड ५१ लाख पुगेको छ । कम्पनीको माघ मसान्तसम्म आम्दानी रु. ७१ करोड ८८ लाख रहेको छ ।