Home शेयर बजार २५ दशमलव १५ अंकले घटेर २६१५.१९ विन्दुमा नेप्से परिसूचक

२५ दशमलव १५ अंकले घटेर २६१५.१९ विन्दुमा नेप्से परिसूचक

by अर्थन्यूज

काठमाडौं – सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २५ दशमलव १५ अंकले घटेर २ हजार ६१५ दशमलव १९ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ९५ प्रतिशतले घटेको बजारमा २०४ ओटा कम्पनीको रू. ५ अर्ब ८३ करोड ७० लाख ८३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६६० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ९३३ मा रू. २४ करोड ८८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ३ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २ दशमलव ६९ प्रतिशतले घटेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More