Home लगानि राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

by अर्थन्यूज

काठमाडौं – नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले ८ वर्ष सम्मका लागि विकास ऋणपत्र २०८५ विक्री गर्न लागेको हो ।

यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । 

ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट विक्री हुने कम्पनीले जानकारी गराएको छ । यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ  । ऋणपत्रका बोलकबोल फागुन ११ गते मंगलवार अपरान्ह ३ बजेसम्म रहेको छ । 

आगामी फागुन १२ गते निष्कासन भएर उक्त ऋणपत्रको सावाँ २०८५ साल फागुन १२ गते भुक्तानी हुनेछ । इच्छुक खरीद कर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा भाग लिन सक्नेछन् । ब्याजदर अर्धवार्षिक रुपमा हुने र आर्जिन ब्याजमा व्याजरकर लाग्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More