आज (साेमबार) शेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।
साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ मा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.२२ अंकले घटेर ४७०.३६ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँको कारोबार भएकाे छ ।

साेमबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स लिमिटेड, अपर तामाकाेशी, चन्द्रागिरी हिल्स लिमिटेड, शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड, सनराइज फर्स्ट म्युचुअल फण्ड, कानीखाेला हाइड्रोपावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेडका शेयरधनीहरूले साेमबार सबैभन्दा धेरै कमाएका छन् ।