Home बजार निर्धन उत्थान लघुवित्तको शेयरमूल्य समायोजन

निर्धन उत्थान लघुवित्तको शेयरमूल्य समायोजन

by अर्थन्यूज

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ४४० तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More