काठमाडौं – मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५४ दशमलव १३ अंकले घटेर २ हजार ५५३ दशमलव ५४ विन्दुमा पुगेको छ ।
२ हजार ६२७ दशमलव ३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य ८ प्रतिशतले घटेको हो ।
कारोबारको पहिलो घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ३२१ कायम भएको छ ।
पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको २८ हजार ११५ पटकको कारोबारमा ४७ लाख २९ हजार ८४७ कित्ता शेयरको रू. २ अर्ब ७१ करोड ६७ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६५ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९४ मा कारोबार भइरहेको छ ।