काठमाडौं – बरुण हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ प्रतिशतले कमि आएको हो । गत आवको दोस्रो त्रैमासमा रू. २ करोड २९ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा रू. ८७ लाख ९३ हजारमा सिमित भएको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा कमि आएकाले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासमा विद्युत् विक्री बापत रू. ५ करोड ३९ लाख आम्दानी गरेको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा रू. ३ करोड ५८ लाख ३१ लाखमा सिमित भएको हो ।
चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू.१ करोड १५ लाख ८७ हजार सञ्चित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६५, मूल्य आम्दानी अनुपात २३ दशमलव शून्य १, तरलता अनुपात ३ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ३३ रहेको छ ।
चालू आवमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले गत आवको तुलनामा आम्दानीमा गिरावट आएको कम्पनीले वित्तीय विवरणमा बताएको छ ।