Home उद्योग सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता प्रतिदिन ६० हजार

सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता प्रतिदिन ६० हजार

by अर्थन्यूज

काठमाडौं – नवलपरासीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडले हालैका दिनमा आफ्नो उत्पादन क्षमतामा वृद्धि गरेको छ ।

पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको उक्त कम्पनीले उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन रहेकोमा ६० हजार बोरा पुर्‍याएको बताएको छ ।

सिमेन्ट उत्पादन अझै बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच थप सरल तथा सुलभ बन्ने पनि कम्पनीले बताएको छ ।

सर्वाेत्तम सिमेन्ट देशका महत्वपूर्ण ठूला–ठूला परियोजनाहरु त्था गौरवशाली आयोजनाहरु ल्गायत पूल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ्ग कम्पनीहरुमा समेत प्रयोग हुँदै आएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर विक्रीवितरण गरिरहेको छ ।  कम्पनीले आफ्नै इस्टिम इन्जिनबाट विद्युत् उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको पनि बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More