Home बैंकिङ नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको नाफा बढ्यो

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको नाफा बढ्यो

by अर्थन्यूज

काठमाडौं – नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको माघ मसान्तसम्ममा नाफामा वृद्धि भएको छ ।

नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को नाफामा वृद्धि भएको हो । नबिल ब्यालेन्स फण्ड २ ले पुस मसान्तसम्ममा रू. ३९ करोड ९४ लाख नाफा कमाएकोमा माघ मसान्तसम्ममा वृद्धि भएर रू. ५१ करोड ८३ लाखभन्दा बढी पुगेको हो ।

 नाफासँगै उक्त योजनाको प्रतिइकाई खुद मूल्यमा पनि वृद्धि भएको छ । उक्त योजनाको माघ मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य रू. १४ दशमलव ८५ पुगेको छ । यो मूल्य पुस मसान्तसम्ममा रू. १३ दशमलव ७५ थियो । 

त्यसैगरी उक्त योजनाले माघ मसान्तसम्ममा उक्त योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. १ अर्ब १३ करोड ६१ लाख रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ४९ करोड ४० लाखभन्दा बढी रहेको छ । 

त्यसैगरी नबिल इक्विटी फण्डले माघ मसान्तसम्ममा रू. ७३ करोड ६४ लाख १६ हजार नाफा कमाएको छ । उक्त योजनाले पुस मसान्तसम्ममा रू. ५४ करोड ७० लाख ९५ हजार नाफा कमाएको थियो ।

उक्त योजनाले माघ मसान्त सम्ममा यस योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. १ अर्ब ३७ करोड ५४ लाख रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ८५ करोड ८६ लाखभन्दा बढी भएको छ ।

ती दुबै योजनाको माघ मसान्तसम्ममा लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । पछिल्लो समय बजार बढेसँगै ती दुबै योजनाले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा बढेसँगै नाफामा वृद्धि भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More