Home लगानि आशा लघुवित्त र वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

आशा लघुवित्त र वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

by अर्थन्यूज

काठमाडौं – दुई ओटा लघुवित्त कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस शेयर र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । आशा लघुवित्तले गत पुस २५ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी वोमी लघुवित्तले पुस २८ गतेको साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More